मन्त्री निवासमा आगलागी
९ भदौ । बागमती प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको निवासमा आगलागी भएको छ ।
हेटौडा उपमहानगरपालिका –९, लामसुरेस्थित मन्त्री ठकुरी बस्ने निवासमा आगलागी भएको हो । आइतबार साँझ विद्युत सट भएर निवासको माथिल्लो तल्लामा आगो सल्केको थियो ।
आगलागी भएको केही मिनेटमै वारुण यन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आगलागीबाट मन्त्री निवासको इन्भर्टर, ब्याट्री, कार्पेट लगायत केही फर्निचर जलेर नष्ट भएको जनाइएको छ ।
Facebook Comments Box