बंगलादेशमा मानव अधिकार रक्षा गर्न लोसपा महासचिवको आग्रह
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका महासचिव डा.सुरेन्द्र कुमार झाले बंगलादेशमा भइरहेको मानव अधिकार उलंघनका घटना रोक्न पहल गरेका छन् ।
महासचिव झाले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै बंगलादेशमा मानव अधिकार संरक्षण गर्न अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ, संस्थाहरुलाई अपिल गरेका हुन् ।
‘असमान्य अवस्थामा हिन्दु, बौद्ध, अल्पसंख्यक धर्माबलम्बी नागरिकहरु लगायत अन्य अल्पसंख्यकहरुमाथि भइरहेको संघातिक हमला तथा दुव्र्यवहारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ’ महासचिव झाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘मानव अधिकारको संरक्षण गर्दै हिन्दु, बौद्ध धर्माबलम्बी नागरिकहरुलाई शान्ति, सुरक्षाको प्रत्याभूति प्रदान गर्न नवगठित सरकार तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ, संस्थाहरुलाई लोसपा नेपालले हार्दिक अपिल गर्दछ ।’
Facebook Comments Box