जानकी मेडिकल कलेजका राणा टियु टप, तेश्रो स्थानमा पनि यहीकै पराजुली
जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयास्थित रहेको जानकी मेडिकल कलेज शिक्षण अस्पतालका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्रको स्नातक तहको परिक्षामा टप गरेको छ ।
तुल्नात्मक रुपमा हरेक वर्ष राम्रै नतिजा ल्याउन सफल कलेजका निलम राणाले टप गरेको हो । यस्तै तेश्रो टपर पनि कलेजकै गौरव पराजुली भएको कलेजका था निमित्त प्रानाध्यापक धर्मदत्त सुवेदीले जानकारी दिएको छ ।
उनका अनुसार २०८० सालमा टियुको चिकित्सा शिक्षा संस्थानबाट लिइएको परिक्षामा राणा कुल ८८९ अंकसहित टप गरेका हुन् भने पराजुली ८८२ अंक ल्याएर तेश्रो भएका छन् । राणा नवलपरासीको कावासोती र पराजुली भरतपुरका छन् ।
मधेशकै पहिलो मेडिकल कजेजको रुपमा स्थापित कलेजका अन्य विद्यार्थीहरुले पनि राम्रै अंक ल्याएर उतीर्ण भएको कलेजले जनाएको छ । स्थापनाकालदेखि नै चिकित्साशास्त्रको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलेजले यस वर्षपनि उत्कृष्टता कायम गरी कलेजको पहिचान स्थापित गर्न सफल भएको हो ।
कुशल व्यवस्थापकको प्रयास र गुणस्तर शिक्षाले यो नतिजा हासिल भएको बताइएको छ।
चिकित्सा शिक्षा अन्तर्गतको पढाई हुने मेडिकल कलेहरु मध्ये सबै कलेज भन्दा उत्कृष्ट बनेपछि विद्यार्थीहरुका लागि जानकी मेडिकल कलेज अहिले रोजाइ बन्न पुगेको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान पछि विद्यार्थीहरुको लागि यो कलेज आकर्षणको केन्द्र बनेको छ ।
गुणस्तर शिक्षा प्रदान गरी वर्षेणी कुशल चिकित्सक र स्वास्थ्यकर्मी उत्पादन गर्ने जानकी मेडिकल नेपालसहित भारतका विद्यार्थीहरुका लागि पनि रोजाइ बनेको छ ।
कलेजको शिक्षा पछि यस क्षेत्रको स्वास्थ्य सेवामा पनि राम्रो गरिरहेको स्थानीयहरुको प्रतिकृया छ । मधेश प्रदेशको राजधानीसँगै रहेको कलेजको अस्पतालमा स्थानीयलाई विशष्ट रुपमा सहुलियत तवरले सेवा दिएकै सेवाकै कारण अझ कलेज अब्बल हुँदै गएको छ ।
५१० शैय्याको अस्पतालमा मधेश प्रदेशका सबै जिल्लाहरुबाट बिरामीहरु आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।
प्रदेशको प्रादेशिक अस्पताल र प्रादेशिक ल्याब भन्दा उच्च प्रविधियुक्त ल्याब यस कलेजको अस्पतालमा रहेको कलेज प्रशासनको दाबी छ ।