जउवा संघ कोषाध्यक्षमा आशाको उम्मेदवारी

जनकपुरधाम । अगामी भदौ २९ गते हुन लागेको जनकपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि संघका वर्तमान कोषाध्यक्ष परमेश्वर साह ‘आशा’ ले पुनः कोषाध्यक्ष पदकै लागि उम्मेदवारी घोषणा गरेका छन् ।
संघको कार्यसमितिमा उमेर र अनुभवको हिसाबले आफु सबैभन्दा सिनियर रहेको आधारमा पनि जनकपुरका उद्योगी, व्यवसायीको हितमा परिपक्व नेतृत्व दिन आफ्नो उपस्थिति कायम रहनुपर्ने भनाई उनको हो ।
बिहीबार जनकपुरमा पत्रकार सम्मेलन आयोजना गरी आशाले भने, ‘हिजोको जनकपुर र आजको जनकपुर फरक छ । यहाँ उद्योग र व्यवसाय सञ्चालन गर्न निकै चुनौतिहरु थपिदैछन् । यस्तो अवस्थामा मैले व्यवसायीको हितमा गरेको कामलाई निरन्तरता दिनुपर्ने साथीहरुको आग्रहको आधारमा आज पुनः कोषाध्यक्ष पदकै लागि उम्मेदवारी घोषणा गर्दैछु ।’
हेर्नुहोस् आशाको प्रतिबद्धता र घोषणा (भिडियो)
Facebook Comments Box