काठमाडौंमा छिमेकीसँगको झगडामा एकको हत्या

काठमाडौं । काठमाडौं महानगरपालिका –१७, पोडेटोलको २ नम्बर गल्लीमा बुधबार साँझ छिमेकीमा भएको झगडामा एक जनाको हत्या भएको छ ।

छिमेकी–छिमेकीबीचको झगडामा धारिलो हतियारको प्रयोग हुँदा स्थानीय ३३ वर्षीय अनित पुजारीको हत्या भएको हो । झगडामा रहेका स्थानीय सुबिन्द्र पोडे, किरण पुजारी, माया पुजारी, अमृत पुजारी, विक्रम पुजारी, दिनेश पुजारी घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले विभिन्न सात जनालाई पक्राउ गरेको छ । सुजल देउला, सागर देउला, रबिन्द्र पोडे, कलेनी पुजारी, अमृत पुजारी, टिकामाया पुजारी र सञ्जाली पुजारीलाई पक्राउ गरी प्रहरी वृत लैनचौरको नियन्त्रणमा राखिएको छ ।

Facebook Comments Box
    ट्याग: