बढ्न सक्छ हैजाको प्रकोप

जनकपुरधाम । साउन ७ गते ललितपुरको गोदाबरीमा एक जना युवालाई हैजा संक्रमण भएको पुष्टी भएको थियो । लगत्तै उनको आसपासमा बसोबास गर्ने अन्य व्यक्तिहरुमा पनि हैजा लागेको देखियो । उनीहरुको उपचार भइरहेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार साउन ७ गतेदेखि अहिलेसम्म १० जनामा हैजा संक्रमण पुष्टी भइसकेको छ ।

दिशामा पाइने एक प्रकारको जिवाणु कोलिफर्मले हैजा संक्रमण हुने हो । पानीको मुहानमा यो जिवाणु मिसिँदा छिटो यो रोग फैलिने खतरा हुन्छ । यसबाट जोगिन सरसफाईमै ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज
    ट्याग: