सिरोहियाको मुटुको समस्या बढेपछि काठमाडौं लगियो, मेडिसिटीमा उपचार हुँदै

जनकपुरधाम । कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं लगिएको छ ।
सिरोहियाको मुटुको समस्या बढेपछि आज हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो । उनको ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचार हुँदैछ ।
नागरिकता किर्ते कसुरमा काठमाडौंस्थित कान्तिपुरको मुख्यालय थापाथलीबाट पक्राउ परेका उनलाई गत मंगलबार राति धनुषा ल्याइएको थियो ।
अदालतले पटक पटक म्याद थपेर प्रहरीलाई अनुसन्धानको लागि अनुमति दिँदै आएको छ । उनलाई अहिलेसम्म तीन पटक ३-३ दिनको लागि म्याद थप गरिएको छ ।
Facebook Comments Box