मिथिला लघुवित्तको संचालकमा साह नियुक्त
जनकपुरधाम । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा प्रमोद कुमार साह नियुक्त भएका छन् ।
संस्थापक शेयरधनी(समूह ख) को तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्य पदमा साह नियुक्त भएको हो । उनलाई २०८१ असार ०७ गतेदेखि लागुहुने गरी संस्थाको सञ्चालक समितिको २०८१ असार ७ गते बसेको २६५ औं बैठकले निर्णय नियुक्त गर्ने निर्णय गरेको छ ।
संचालक समितिको निर्णय भए बमोजिम बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट बैंकबाट जारी ‘‘बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी नियमावली, २०७४’’ को संशोधनमा भए व्यवस्था बमोजिम संचालकमा नियुक्त गरिएको हो ।
वित्तीय संस्थाको सञ्चालकमा नियुक्त साह उद्योग परिसंघ नेपालको मधेश प्रदेश अध्यक्ष र सिए संघको मधेश प्रदेश अध्यक्ष सहित कयौ संघ संस्थामा आबद्ध छन् ।