२० वर्षपछि विवाह गरे २० हजारको पुरस्कार
सप्तरी । बोदेबर्साइन नगरपालिकामा २० वर्षपछि विवाह गर्ने दलित समुदायका किशोरीलाई २० हजार रुपैयाँ बराबरको पुरस्कार घोषणा भएको छ ।
नगर प्रमुख आतेशसिंह यादवले दलित समुदायमा बालविवाह न्युनिकरण गर्ने उदेश्यले यस्तो व्यवस्था गरेको बताएका छन् । ‘बाल विवाह न्युनिकरण गर्नु ठूलो चुनौतिको रुपमा देखा परिरहेको बेला यो पुरस्कारले टेवा पुग्ने विश्वास गरेका छौं’ नगर प्रमुख यादवले भने ।
उमेर नपुगी विवाह गर्ने चलन अन्त्यका लागि यो अभियानलाई जिल्लास्तरमा विस्तार गर्न उनले सुझाव दिए । मेयर यादवले भने, ‘आजका दिनमा पनि बालविवाह कायम रहनुले लज्जाबोध हुन्छ । यसलाई न्युनिकरण होइन उन्मुलन नै गर्नेगरी काम गर्नुको विकल्प छैन ।’
Facebook Comments Box