चुरे अभियानीले बुझाए मुख्यमन्त्री सिंहलाई ज्ञापन
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले ज्ञापन पत्र बुझाएको छ । शुक्रबार विभिन्न १२ बुँदै माग राख्दै अभियानका संयोजक सुनिल यादवको अगुवाईमा मुख्यमन्त्री सिंहलाई ज्ञापन पत्र बुझाइएको छ ।
अभियानले बुझाएको ज्ञापन पत्रमा संघीय सरकारद्धारा ल्याईएका ढुंगा, गिट्टी र बालुवा विदेश निकासी गर्नुपर्ने, ओम प्रकाश भनिने दिलिप महतोलाई प्रथम पर्यावरण शहीद घोषणा, मधेशलाई सुख्खाग्रस्त क्षेत्र धोषणा, डढेलो नियन्त्रण तथा खुल्ला चरिचरण बन्द गर्नुपर्ने माग राखेका छन् ।
ज्ञापन पत्रमा प्रदेश सरकार अन्तर्गत वन प्रशासनलाई सुभल र प्रभावकारी बनाउन कर्मचारीहरुको नियमित सरुवा, चुरे क्षेत्रभित्रका नदीहरुबाट हुने अवैध उत्खनन रोक्न, तर्रा मधेशमा पानी रिचार्ज जोन र चुरे तथा वन क्षेत्र भएर वग्ने नदीहरुमा सम्भाव्यताको अधारारमा ड्याम तथा पो्खरीहरुको निर्माण गर्नुपर्ने लगायतका मागहरु उल्लेख छ ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री सिंहले मधेश सरकारको क्षेत्राधिकार भित्र पर्ने मागहरु पुरा गर्ने प्रयास गर्ने आश्वासन दिए । उनले चुरेप्रति आफु पनि गम्भीर रहेको बताए । मधेश प्रदेशका आठ वटै जिल्लामा पानीको सतह घट्दै गईरहेकोले यसलाई बढाउन तथा चुरेको संरक्षण गर्न नीति कार्यक्रम तथा बजेटमार्फत पनि सम्बोधन गरेको उनले बताए ।
मुख्यमन्त्री सिंहले चुरे जोगाउ मधेश बचाउन नारालाई मूर्तरुप दिन भु तथा जलाधार संरक्षण ऐन तर्जुमा गर्न बजेट पनि व्यवस्थापन गरेको बताए ।
चुरे संरक्षणको माग राख्दै अभियान लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । यसअघि उनीहरु सप्तरीको भारदहदेखि पद यात्रा गरी काठमाडौं गएर पनि २९ दिनदेखि आन्दोलन जारी राखेका छन् ।
अभियानीहरुले जनकपुरधाममा प्रर्दशन पनि गरेका छन् । जनक चोकदेखि नगरको विभिन्न भागको परिक्रमा गर्दै अभियानीहरु मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।