भैरहवाबाट जनकपुर तर्फ आउँदै गरेको बस दुर्घटना, तीन जनाको मृत्यु

सर्लाही । सर्लाहीको बागमती नगरपालिकाको रायमाझी चोकमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

बिहीबार बिहान भैरहवाबाट जनकपुर तर्फ जादै गरेको बस र लहरी एकापसमा ठोक्किँदा दुर्घटना भएको सर्लाही प्रहरीले जानएको छ।

पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनालगत्तै उद्धार गरी उनीहरुलाई हरिवनस्थित नमूना अस्पताल पुर्‍याएकामा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए।

बसमा ४० जना सवार रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज
    ट्याग: