सरकार र रुबी खानबीचको वार्ता सकारात्मक

जनकपुरधाम । आन्दोलनरत अभियन्ता रुबी खान र सरकारबीच शनिबार भएको वार्ता सकारात्मक भएको छ । रुबी खानले शनिबार भएको पहिलो चरणको वार्ता सकारात्मक रहेको बताइन् । उनले आइतबार फेरि दोस्रो चरणको वार्ता हुने बताएकी छिन् । 

खानले वार्तासँगै आन्दोलन पनि जारी रहेको बताएकी छिन् । उनी आमरण अनशन बसेको शनिबार ९ दिन भएको छ । गृह मन्त्रालयले उनीसँग वार्ता गर्नका लागि शुक्रबार वार्ता टोली गठन गरेको थियो ।

Facebook Comments Box
    ट्याग: