भारतको सम्पन्न निर्वाचनबारे अमेरिकाको प्रतिक्रिया यस्तो

काठमाडौं— भारतमा भर्खरै सम्पन्न लोकसभा निर्वाचनबारे अमेरिकाले प्रतिक्रिया जनाएको छ। अमेरिकाले भारतको निर्वाचनलाई ‘चुनावी मताधिकारको विश्वमै सबैभन्दा ठूलो अभ्यास’ भएको टिप्पणी गरेको छ। 

अमेरिकी सरकारका प्रवक्ता म्याथ्यू मिलरले बिहीबार पत्रकार सम्मेलनमा यस्तो प्रतिक्रिया दिएका हुन्। 

‘हामी भारतमा भएको चुनावप्रति खुसी व्यक्त गर्दछौँ, किनभने यो विश्वको इतिहासमै सबैभन्दा ठूलो चुनावी अभ्यास थियो,’ उनले भने। 

त्यस्तै उनले भारतमा विभिन्न समुदायको प्रतिनिधित्व बढिरहेकाप्रति भने त्यहाँका जनताको चाहनाको रुपमा बुझ्नुपर्ने धारण व्यक्त गरे।

भारतमा विभिन्न चरणमा सम्पन्न निर्वाचनको मत परिणाम आइ नयाँ सरकार समेत गठन भइसकेको छ। यसअघि नै दुई पटक भारत सरकारको नेतृत्व गरिसकेका नरेन्द्र मोदीले नै तेस्रो पटक प्रधानमन्त्रीका रुपमा बाजी मारेका छन्।

Facebook Comments Box
न्यूज आज

    ट्याग: