मधेश सरकारको २५ नारा

जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई लोकप्रिय बनाउन अनेक नारा बनाएको छ । नीति तथा कार्यक्रममा उल्लेखित नाराहरुः
१. व्यवस्थित जलाधार, समृद्धिको आधार
२. चुरे जोगाउ, मधेश बचाउ
३. जहाँ बाटो त्यहाँ रुख, त्यसले ल्याउँछ परम सुख
४. एक नागरिक, एक विरुवा
५. हरित शहर, स्वच्छ शहर
६. एक निर्वाचन क्षेत्र, एक सडक
७. एक निर्वाचन क्षेत्र, एक पक्की पुल
८. सडक मर्मत सम्भार, दिगो सडकको आधार
९. कृषिको मुख्य आधार, माटोको स्वास्थ्य सुधार
१०. कृषिमा यन्त्र उपकरण प्रयोग, उत्पादन वृद्धिमा सहयोग
११. मेरो स्वास्थ्य, मेरो जिम्मेवारी
१२. मेरो विद्यालय, मेरो जिम्मेवारी
१३. एक पालिका, एक उत्कृष्ट शिक्षक
१४. घुमौं मधेश, बुझौं मधेश
१५. महिलाके विकास–घरके विकास, घरके विकास–देशके विकास
१६. हात हातमे सवारी, घर घरमे रोजगारी
१७. सामाजिक न्याय समयको माग, बालश्रम निषेध हाम्रो हाँक
१८. बचपन बचाउ, जीवन सजाउ
१९. प्रदेश प्रमुख नदीनाला नियन्त्रण अभियान
२०. मुख्यमन्त्री हरित प्रदेश अभियान
२१. मुख्यमन्त्री घरदैलो स्वास्थ्य सेवा अभियान
२२. मुख्यमन्त्री स्वास्थ्य सुधार अभियान
२३. मुख्यमन्त्री महिला उज्ज्वला कार्यक्रम
२४. मुख्यमन्त्री प्रदेश साक्षर अभियान
२५. मुख्यमन्त्री रोजगार अभियान

Facebook Comments Box