डा. सोनुको नेतृत्वमा युवा उद्यमी मंच

जनकपुरधाम । युवा उद्यमीहरुको साझा संस्था नेपाल युवा उद्यमी मंच, जनकपुर च्याप्टरको नयाँ नेतृत्व चयन भएको छ । चौथो सधारणसभाबाट डा. सोनु कुमारको अध्यक्षतामा सर्वसहमतिले नयाँ नेतृत्व चयन भएको हो ।

मंचको प्रथम उपाध्यक्षमा राजिव रौनियार, द्वितिय उपाध्यक्षमा नवीन साह, कार्यकारी सदस्यमा दिपक शर्मा, सुनिल साह, प्रियांशु साह, सुमित गुप्ता, संजु नायक, विशाल साह र जयकुमार साह चयन भएका छन् ।

सधारणसभामा नेशनल गवर्निङ काउन्सिलका अध्यक्ष सहारा जोशी, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, अधिवक्ता सुदिप कोइराला, सुनचाँदी व्यवसायी संघका अध्यक्ष अमरनाथ गुप्ता लगायतको उपस्थिति थियो । नेपालभर १३ च्याप्टर रहेको युवा उद्यमी मंचमा स्थापित युवाहरुको संलग्नता छ । नेपाल उद्योग वाणिज्य महासंघको प्रोत्साहनमा उद्यमशिलता र युवा उद्यम विकासका लागि दुई दशकदेखि काम गर्दै आएको छ ।

ADVERTISEMENT
Facebook Comments Box
न्यूज आज