प्रचण्डले कहाँबाट ल्याए ६४ लाखको घडी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाउने गरेको ६४ लाखको घडी र उनकी छोरी गंगा दाहालको २८ लाख रुपैयाँको अति महँगो ब्यागको विषय उठेको छ ।
सार्क इन्चार्जको जिम्मेवारीमा समेत रहेका माओवादी केन्द्रीय सदस्य लक्ष्मण पन्तले प्रचण्डको घडी र गंगाको ब्यागको बैधानिकता र स्रोत सार्वजनिक हुनुपर्ने माग गरे ।
‘प्रचण्डले ६४ लाखको घडी र छोरी गंगाले २८ लाखको ब्याग प्रयोग गरिरहेको भन्ने विषय गलत हो भने यसवारे समाचार बनाउने पत्रकार र संसदमा आवाज उठाउने कांग्रेस सांसद सुनिल शर्मा विरुद्ध मानहानीको मुद्दा दायर गर्न सक्नुपर्छ’ पन्तले भनेका छन् ।
प्रण्डको घडी र गंगाको ब्यागसमेत पार्टीका नेताहरुको सम्पत्ती छानबीनका लागि पार्टीभित्रैबाट अग्रसरता हुनुपर्ने उल्लेख गर्दै उनले अजय सुमार्गीको ‘हेलो नेपाल’ प्रकरणमा राज्यले व्यहोरेको २० अर्बको क्षति र जनमुक्ति सेनाको पिएलए फण्डको २ अर्ब ८२ करोडको हिसाबकिताब पनि सार्वजनिक हुनुपर्ने माग गरे ।