आजको ५ प्रश्न : मधेशमा याैनिक तथा लैङ्गिक अल्पसंख्यककाे अवस्था कष्टकर
स्वभाविक हाे हामी आर्थिक रुपमा अब्बल हुँदै आउदा पनि मानिसले हामीलाई अपहेलना गर्दैनथे हाेला ।
सञ्चार माध्यम भनेको जनआवाजलाई बुलन्द गर्ने हो । अन्यायमा परेकालाई न्याय प्राप्तिका लागि वकालत गर्ने हो । सुशासनका लागि खबरदारी गर्ने हो । यहीँ मूल उदेश्यका साथ अनलाइनको दुनियाँमा न्यूजआजको उपस्थिति भएको हो । न्यूजआजले हरेक क्षेत्र, समुदाय र भूगोलको भावनालाई सम्बोधन गर्ने संकल्पका साथ ‘अनएयर’ भएको आज तेस्रो दिनसम्म आइपुग्दा अनलाइन पाठकहरुको तर्फबाट अपार समर्थन प्राप्त भएको छ । अगामी दिनमा यो समर्थन निरन्तर रहोस् र अझ जनजनसम्म पुग्ने वातावरण बनाउनका लागि ‘आजको ५ प्रश्न’ सुरु भएको हो । यो स्तम्भमा सर्वसधारण नागरिकदेखि उच्च ओहोदामा रहेर काम गर्ने व्यक्तित्वहरुको अनुभवलाई पनि प्रस्तुत गर्नेछ ।
– सम्पादक
***
मधेश प्रदेशमा याैनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले भाेगीरहेका कष्ट र समाजबाट भइरहेकाे मानिसक यातनाबारे ब्लु डायमण्ड सोसाइटी मधेश प्रदेशका सँस्थापक अध्यक्ष प्रदिप यादवलाई ५ प्रश्न :
१. याैनिक तथा लैङ्गिक अल्पसंख्यकलाई समूदायलाई मधेशमा खुल्न कतिकाे कष्टकर छ ?
हामीलाई त मानव जस्ताे कसैले बुझ्नै चाहन्न । अ… हाम्राे समुदाय हरेक दिन समुदायमा कुनै पनि रुपमा थाहापाए निकालि पाे दिन्छन् भन्ने त्रास हुन्छ । अझ याैनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायलाई परिवारबाट स्विकार भइरहेकाे छैन् । परिवारबाटै थाेरैमात्रमा मात्रै स्विकारेकाे कारणले पनि समुदायका अन्य मानिसलाई थप पिडा हुने गर्छ । समूदायलाई अन्य समुदायस्तरमा डर तथा धाकधम्की दिने गरिन्छ । परिवारमा काेहि नै काेही एक जना बुझ्ने भयाे भने चै सहज हुन्छ र सहयाेग पाइन्छ नभए फलानाे यस्ताे छ, उस्ताे छ भनेर दाेष लगाउने त भैहाल्याेनी । सबै भन्दा ठुलाे अप्ठेराे त परिवारले एसेप्ट गरिरहेकाे छैन् जुन अति कष्टकर कुरा हाे ।
२. समुदायमा खुलेर आउने याैनिक तथा लैङ्गिक अल्पसंख्यकलाई व्यक्तित्व विकासमा कसरी सहजिकरण हुन्छ ?
अब यसमा चै हाम्राे समुदाय खुलेर नआएकाे कारण उहाँहरुलाई स्वास्थ्यमा समस्या आउँदा हामी कहाँ आउनुहुन्छ । एस.टि.आई, एच.आई.भी जस्ता राेगबारे जानकारी लिनका लागि हामी कहाँ आउनुहुन्छ । हामी स्थानीय सरकारकाे समन्वयमा स्थानीय निकायकाे साथमा गाेपनियता राख्दै उहाँहरुलाई जिम्मेवार बनाउने गर्छाैं । याे वा फलानाे मानिस यसरी यस्ताे अवस्थामा छ ! भन्ने थाहा भएपछि समुदाय र स्थनीय निकायबाट सहयाेग लिन्छाैँ । साथै उनीहरुलाई युवा तथा बाल सञ्जालकाे माध्यमबाट याैनिक तथा लैङ्गिक अल्पसंख्यकबारेकाे जानकारी गराउने गर्छाै । त्याे हिसावले हामीले उनीहरुमा आत्मवल थप्ने कार्य गरिरहेका हुन्छाैँ । बाल सञ्जाल लगायतका मानिसलाई अझैपनि हामीले समुदायकाे बारे बुझाउन सकेकाे छैनाैँ । थप अन्य रुपमा समेत उहाँहरुसँग रहेकाे नाच्ने तथा अन्य रुपमा भारतसम्म डान्सलाई नै पेशा बनाएर शिपउन्मुख हुन्छन् ।
याे पनि : आजको ५ प्रश्न – ‘खेलकुदमा फर्काउन सकिन्छ जनकपुरको साख’
३. सरकारबाट के कस्ताे सहयाेग तथा साथ प्राप्त गर्दै आउनुभएकाे छ ?
सरकारबाट अहिलेसम्म जनउपाबाट भने समूदायकाे लागि छ । शिप राेजगारी र उनीहरुलाई पनि दक्ष बनाउन पर्ने बताउँछन् । त्याे सबै छैन् । सिमित बजेटका कारण सबैलाई जाेड्न सकिन्न । मिथिला नगरपालिकाले एक पटक सम्मान गरेकाे थियाे । समूदायका साथिहरुलाई दक्ष तथा ज्ञान र अधिकारकाे लागि लड्ने वातावरण बन्दै आउँछ । मलाई लाग्छ याे भए यसले विभेद समेतकाे अन्त्य गर्छ । नगरपालिका सँग समुदायकाे तथ्याङ्क छ न सहयाेग नै । भन्नका लागि गर्नका लागि मात्रै गर्दिएकाे जस्ताे भयाे । सरकारकाे कार्यक्रममा समूदायलाई नै जानकारी नदिई हामी हाम्राे लागि आएकाे बजेट हामीमा खर्च नभएर बाहिर गए । नगरपालिका विकासमा साथ छैन् । समानुपातिक समावेशीता अझै आएकाे छैन् । राजनीतिले बाेल्दिदैन्न । बाेल्नेकाे घाेषणापत्र पनि सुस्त हुन्छ ।
४. समुदायका मानिसलाई अन्य के के अप्ठ्यारा भाेग्नु परेकाे छ ?
मधेश प्रदेशकाे कुरा गर्ने हाे भने, हाम्राे समुदायलाई अझै पनि मानिसले स्विकार नगर्नु र गर्न नचहानु नै पहिलाे अप्ठ्याराे हाे । समुदायकाे मानिस पनि प्राकृतिक हाे भन्ने अन्य मानिसले नबुझ्दिदा बाहिर र कार्यमा समस्या थपिन्छ । आर्थिक जाेहाे गर्न थप कष्ट हुन्छ । हामीलाई त तल्लाे पेशा तथा काममा पनि थुप्रै समस्या खेप्नु पर्छ । तर, अप्ठ्याराे काे कुरा गर्दा अथाहा छ । केवल हामीलाई बुझिदिए पनि याे सान्ताेना हुन्थ्याे ।
५. सरकारबाट के आश छ ?
सरकारले धेरै केही गर्न पर्दैन । हामीलाई पनि सम्मान जनक रुपमा बाँच्न तथा राेजगारीकाे अवसरसँग जाेड्दिए मात्रैले पनि हामी सामाजिक मानसिकतालाई चिर्न सक्थयाै । स्वभाविक हाे हामी आर्थिक रुपमा अब्बल हुँदै आउदा पनि मानिसले हामीलाई अपहेलना गर्दैनथे हाेला । अर्काे सरकारले हामीलाई कार्यक्रममा मात्र सिमित गर्न भएन । हाम्राे लागि आएकाे कार्यक्रम समूदायकै मानिसकाे उत्थान र विकासमा खर्चन पर्याे । तर हामीलाई दिगाेपना हुने र थप शसक्त हुने कार्यक्रम र बजेटबाट जाेडे अगाडी बढ्न सहज हुन्थ्याे ।
Author Profile
Latest entries
- Main Newsमंसिर १८, २०८१तत्वज्ञानी ‘भ्रूण’
- Main Newsमंसिर १८, २०८१बजेन हरण र घण्टी, मधेशमा कांग्रेसै बलियो
- Main Newsमंसिर १८, २०८१तेस्रो प्रयासमा ढल्यो माओवादी किल्ला, जित्यो कांग्रेस
- Main Newsमंसिर १८, २०८१प्रधानमन्त्री ओलीले चीनसँग के के गरे सम्झौता ?