मधेश सरकारको नीति र बजेटमा योगदृष्टि

सरकार मधेशको होस् या देशको । सरकारको नीति, कार्यक्रम र योजना बनाउने को हुन् ? उनले नीति निर्माण गरिरहँदा समाजका लागि कस्तो सरकारको परिकल्पना गरेका छन् ? सोही आधारमा हो नीति र बजेट निर्माण हुने ।
भगवान ओशो (दार्शनिक) ले भन्नु भएको छ, ‘ध्यान है तो सबकुछ है, ध्यान नहीं तो कुछ भि नहीं ।’ उहाँले आधुनिक युगमा सफल मनुष्यलाई जोरबा दि बुद्धाको कल्पना गर्नु भएको थियो । पहिलो, ‘जोरबा’ एक पात्र हो, जो आधुनिक सुखसुविधा वा भौतिक रुपले सम्पन्न व्यक्ति । अर्को, बुद्धा, त्यो भनेको भित्री रुपमा सम्पन्न व्यक्ति । यस अर्थमा जोरबा दि बुद्धा भनेको आन्तरिक एवम् बाहिरी दुवै रुपमा सम्पन्न व्यक्ति ।
ओशोले यसबारेमा बोलेको त ५० वर्ष पनि बितेको छैन । तर, हजारौ वर्ष अघि अर्थात् त्रेतायुगमा पनि यो दृश्य देखिएको थियो । राजा जनक त्यसको प्रत्यक्ष उदाहरण हो । मिथिलाका राजा जनक जो तत्कालिन समयमा अतुलनीय वैभवले सम्पन्न थिए । अर्कोतिर, उनी अष्टाबक्रजस्तो विद्वानलाई परम गुरु ठानेर आफुलाई शिष्यको रुपमा उभ्याए । र, जोरबा दि बुद्धको उत्कृष्ट उदाहरण बन्नुभयो ।
मिथिलाका राजा जनक जो तत्कालिन समयमा अतुलनीय वैभवले सम्पन्न थिए । अर्कोतिर, उनी अष्टाबक्रजस्तो विद्वानलाई परम गुरु ठानेर आफुलाई शिष्यको रुपमा उभ्याए । र, जोरबा दि बुद्धको उत्कृष्ट उदाहरण बन्नुभयो ।
यहाँ राजा जनकको प्रसंगमा कुरा गरिरहँदा सरकारको नीति निर्माण गर्ने र नीति निर्माण गराउने व्यक्तित्वले राजा जनकको जीवनीवारे थोरै अध्ययन गरिलिए पुग्छ । आजको सरकारले शिक्षा र स्वास्थ्यको नारा लगाएर रमाइरहेको देख्छु म ।
डब्लुएचओ अर्थात् विश्व स्वास्थ्य संगठन स्थापना भएको दशकौंपछि एक निष्कर्षमा पुगेको छ, ‘आर्थिक, सामाजिक र शारीरिक रुपले मात्र होइन मानसिक र अध्यात्मिक रुपले सम्पन्न भएपछि मात्र कुनै व्यक्तिलाई पुर्ण स्वस्थ मान्न सकिन्छ ।’ मेडिकल साइन्सले पनि शरीरमा भन्दा मनमा लागेको रोगले ग्रस्त व्यक्तिलाई उपचार गर्न गाह्रो हुने निष्कर्षमा पुग्न थालेको छ । र, मनलाई स्वस्थ बनाउन मात्र एक उपाय हो, योग–ध्यान ।
आज शिक्षा, स्वास्थ्य र कृषिलाई बजेट र नीति कार्यक्रममा प्राथमिकता दियो कि दिइएन भन्ने विषय आम सञ्चारको चर्चामा छ । यो आवश्यक पनि छ । तर, यतिमात्र चर्चा गरेर हुँदैन अब । अब आवश्यक छ, योग र ध्यानको माध्यमले मानवको सम्पूर्ण स्वास्थ्यलाई स्तरीय बनाउने ।
इतिहासको पाना पल्टाएर हेर्ने हो भने योग र ध्यानको भूमि हो जनकपुरधाम । विभुतिहरु जनक र अष्टाबक्रको ठाउँ जनकपुरधाम अनि बुद्धको लुम्बिनी भएको देशमा योग र ध्यान कमजोर पर्नु दुखद् हो । हामी छिमेकी मित्र राष्ट्र जो दुनियाँकै ठूलो लोकतान्त्रिक देशको रुपमा रहेको छ, भारतको पहलमा २१ जुनलाई विश्व्यापी योग दिवस मनाइँदैछ । भारतमा योगका लागि मात्रै एउटा छुट्टै मन्त्रालय नै बनाएर काम गरिरहेको छ, आयुष मन्त्रालय । हामीले यसतर्फ नीति, निर्माण गरिरहँदा कहाँसम्म पुगेका छौं ? विचारणीय सवाल हो ।
आज शिक्षा, स्वास्थ्य र कृषिलाई बजेट र नीति कार्यक्रममा प्राथमिकता दियो कि दिइएन भन्ने विषय आम सञ्चारको चर्चामा छ । यो आवश्यक पनि छ । तर, यतिमात्र चर्चा गरेर हुँदैन अब । अब आवश्यक छ, योग र ध्यानको माध्यमले मानवको सम्पूर्ण स्वास्थ्यलाई स्तरीय बनाउने । पुर्ण रुपले स्वस्थ मानवको समूहले समाज र स्वस्थ समाजले स्वस्थ देश बन्न सम्भव छ ।
अष्टाबक्रको भूमि हो जनकपुरधाम । अष्टाबक्रले आवरणमा ठूल्ठुलो विद्वानहरु जस्तो देखिने भिडमा सबैलाई चम्री (छाला) को व्यापारीको संज्ञा दिएर विरोध जनाएका थिए । अष्टाबक्रले त्यस्तो किन भन्नुभयो भनेर अध्ययन गर्नुपर्छ नीति निर्माताले ।
महाभारतमा भगवान श्री कृष्णले अर्जुनलाई तिमी ‘शरीरी’ छौं भनेर सम्झाउन खोज्नु भएको थियो । अर्जुनले आफु ‘शरीर’ रहेको भ्रममा हुनुहुन्थ्यो । अर्जुनले यो मेरो फलानो हो, त्यो पनि आफ्नै हो उनीहरुमाथि आक्रमण गर्न सकिदैन भन्नुहुन्थ्यो । मन र शरीरको बारेमा सम्झाउने विषय नै आज भागवत् गीताको रुप लिइसक्यो । अर्बौ व्यक्तिहरु गीताको माध्यमले जीवनलाई सार्थक बनाइरहेका छन् । तर, हाम्रा नीति निर्माताले यी विषयमा ध्यान दिएका छन् त ?
नैनं छिन्दन्ति शस्त्राणि
नैनं दहति पावकः
न चैनं क्लेदयन्त्यापो
न शोषयति…
हतियारले उसलाई काट्न सक्दैन, आगोले जलाउँदैन न त पानीले भिजाउन सक्छ । त्यसैले नीति निर्माताहरुले चैतन्यको अवस्थामा आफुलाई पु¥याएर नीति निर्माणको काम गरे फलदायी हुन सक्छ ।
निष्कर्ष, सरकारले स्वास्थ्यको नाउँमा अस्पतालको संख्या थप्ने नीति ल्याउँछ, बजेट बनाउँछ । डाक्टर र नर्सको संख्या बढाउने कुरा गर्छ । धेरै भन्दा धेरै स्वास्थ्य सेवा प्रदानको नीति आउँछ । तर, बिरामीको संख्या घटाउने नीति आइरहेको छैन । मानिस बिरामी नै हुँदैन भन्न खोजेको होइन । तर, सकेसम्म बिरामीको संख्या कम होस्, बिरामी नै नहुन आवश्यक कर्मलाई प्रबद्र्धन गर्ने नीति आओस् । यसतर्फ राज्य हाँक्ने नेतृत्वको ध्यानाकर्षण होस् । नेतृत्वको भावना परिवर्तन भयो भने समाज र देश परिवर्तन हुन्छ । यो सम्भव छ ।