अराजक विद्यार्थी !

हामी  किन जान्छौं विश्वविद्यालय, राजनीति मात्र गर्न वा आफ्नो समग्र विकासका निम्ति जान्छौं ? हाम्रो देशको विश्वविद्यालयहरू राजनीतिको अखडा हो , यसमा कुनै दुई मत छैन्। विश्वका ठुला ठुला क्रान्तिहरू विश्वविद्यालयबाट सुरू भ‌एको छ र यस क्रान्तिहरूले विश्वमा ठुला ठुला परिवर्तनहरू पनि गर्न सफल भ‌एको छ । विश्वविद्यालयको खासियत नै यहीँ हो । एक समय थियो जब विद्यार्थीहरू हत्यारा बोकेर सडकमा निस्कनु परेको थियो, परिवर्तनको लागि ।

नेपालमा जति पनि परिवर्तन भ‌एका छन्, ति सब परिवर्तनमा विद्यार्थीहरुले अहम भूमिका निर्वाह गरेका छन् र इतिहासले यसको मूल्याङ्कन पनि त्यसै अनुरूप गरेको पनि छ । तर यि भनिरहँदा, आजको विश्वविद्यालयको विद्यार्थीहरू हिंसात्मक आन्दोलनमा उत्रिनु मुर्खता शिवाय केही होइन। समय परिवर्तन भ‌एको छ । समयको माग अनुसार विद्यार्थीहरूहरले पनि आफ्नो विरोधको स्वरूप परिवर्तन गर्नु पर्छन्। हिजोको माग थियो , हिंसात्मक आन्दोलन तर आज हामि हाम्रो माग टेबलमा वार्ताको माध्यमबाट पनि पुरा गर्न सक्छौँ। 

विश्वविद्यालयहरूमा  राजनीति दलहरुको खुल्ला हस्तक्षेपले नै विश्वविद्यालयहरु आफ्नो शाख गुमाउँदै ग‌एको छ । यसमा हाम्रो पनि दोष छ , हामी पनि  विश्वविद्यालयमा राजनीति हस्तक्षेपको खुलेर विरोध गर्न सकेनौँ । किनभने हामी सबै कुनै न कुनै दलमा आस्था राख्छौं। विश्वविद्यालयमा हुने प्रधानध्यापक नियुक्ति देखि लिएर पियून नियुक्त सम्म राजनीति भागबण्डा हुन्छ। भौतीक निर्माण कार्य देखि विश्वविद्यालयको शैक्षिक स्तर अभिवृद्धि गर्ने नाममा पनि राजनीति हस्तक्षेप हुन्छ । 

विश्वविद्यालय भनको विद्यार्थीहरुको शैक्षिक योग्यता मात्र नभएर उसको समग्र पक्षको बृहत्तर विकास गर्ने थलो हो। यसैको लागि राज्यले अर्बौं रुपैयाँ लगानी गरेको हुन्छ। विद्यार्थीहरू राजनीतिक चेतना वृद्धि गर्न , राजनीति बुझ्न, राजनीतिक प्रकिया कसरी संचालन हुन्छ, कस्तो राजनीति गर्ने , विश्व राजनीति, विश्वको आर्थिक अवस्था बुझ्न‌ , देशमा मात्र नभ‌एर विश्वमा घटिरहेको घटनाहरू तर्फ ध्यान केन्द्रित गर्नु पर्छ सिकाउने थलो हो , विश्वविद्यालय। तर बिडम्बना हाम्रो देशको विश्वविद्यालयहरूमा विद्यार्थी‌ नेताहरूको नाममा राजनितिक पार्टीहरूको गुण्डाहरू मात्र छन्। 

यसो भनिरहँदा थुप्रै विद्यार्थी नेताहरू आहात होला तर वास्तविकता यहीं नै हो । मैले आफ्नो विश्वविद्यालयको शैक्षिक जिवनको एउटा चरण पार गरिसक्दा, म भन्दा धेरै बर्ष अगाडी विश्वविद्यालय भर्ना भएका विद्यार्थी, अहिले पनि विद्यार्थी नेताको रूपमा त्यहीँ छ । स्नातक तह शैक्षिक कार्यक्रम जम्मा चार वर्षको हुन्छ, तर विद्यार्थी नेताहरूको १० वर्ष सम्म त्यहीँ रमाई रहन्छ ।‌ तिनीहरूको काम भनेको पार्टीको माथिल्लो आदेशको पालना गर्ने , एयरपोर्ट नेताहरुको स्वागत गर्न पुग्ने, नेताहरुको लागि भिड जम्मा गर्ने , विरोधको नाममा सार्वजनिक सम्पत्ति माथि धावा बोल्ने, आदि काम गर्ने हो। यति भनिरहँदा विद्यार्थी राजनितिले खराब काम मात्र गर्छ भनेको होइन। थुप्रै राम्रो कामहरु पनि गरेका छन्। 

अब जाऔं एक छिन पूर्वको मुख्य र नेपालको परिवर्तनमा अहम भूमिका निर्वाह गरेको विश्वविद्यालय महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस र डिग्री क्याम्पसको विद्यार्थी राजनितिमा । पछिल्लो समयमा यस क्याम्पसका नेताहरूले थुप्रै राम्रो कामहरु गरेको छन् ‌। उदाहरणका लागि केहि महिना पहिला विराटनगरमा नर्सिङ अध्ययरत एक छात्रा माथि होस्टल संचालिका ले गरेको अभद्र व्यवहारले विराटनगर लगायत देशकै ध्यान आकर्षण गरेको थियो । त्यस घटनामा जुन प्रकारले विधार्थी संगठनहरू पिडितको न्यायको लागि संघर्ष गरिएको थियो , त्यो तारिफ योग थियो र छ । 

विश्वविद्यालयमा राजनीति हुन्छ पर्छ, यो अनिवार्य हो । किनभने यहीं बाट हो राज्य संचालकहरु निस्कने। हामीलाई कस्तो राज्य संचालकहरु चाहिएको छ ? समन्वय , सहकार्य र वार्तको माध्यम बाट समस्याको हल गर्ने कि अराजक गतिविधि गरेर झन समस्यालाई बढावा दिने नेतृत्व ? 

यसो भनिरहँदा अस्ति विद्यार्थीहरूले सार्वजनिक सम्पत्ति माथि जुन धावा बोलियो , यो निन्दनीय कार्य हो , यसको विरोध उच्च राजनैतिक स्तर बाटै हुनु पर्थ्यो तर अहिले सम्म भ‌एको छैन् । घटनाको प्रारम्भ काहाँ बाट भयो भने , रंगेलिको निजी विद्यालयहरू चर्को शुल्क लियो रे । केही विधार्थी नेताहरु आफ्नो राजनीतिक छबि चम्काउन बेला बेला यस्ता निन्दनीय कार्यहरू गर्ने गर्छ । निजी विद्यालयहरू नाफा कमाउने उद्देश्य स्थापना गरिएको हुन्छ। उसको आफ्नै संचालन खर्च हुन्छ, ठुलो पुँजी लगानी गरिएको हुन्छ, राज्यलाई कर तिरेको हुन्छ , र त्यहीँ गुणस्तर शिक्षा पनि प्रदान गर्ने गर्छ । निजी विद्यालयहरुले कुनै पनि विधार्थीलाई जबर्जस्ती भर्न गराएका हुदैँन । निजी विद्यालयहरू बढी शुल्क लियो भने , त्यसलाई कारबाही गर्न ऐन, कानुन र तालुक निकाय छ । प्रकिया छ । रंगेली नगरपालिकाको मेयरको कार्यकक्षमा जुन प्रकारको कार्य गरिएको त्यो दण्डनीय छ । विद्यार्थी नेताको नाममा अराजक गतिविधि गर्ने छुट कस्लाई छैन्, यहाँ सम्म असली विधार्थीलाई पनि छैन् ।  बारम्बार यस्ता घटनाहरु कस्को संरक्षण र सम्बर्द्धन हुने गर्छ । 

केहि बर्ष अगाडी मोरङ्ग कै डिग्री क्याम्पसमा त्रिभुवन विश्निवविद्यालयको परिक्षा नियन्त्रकको गाडी लाई आगो‌ लागाई जलायो  । कलेजमा प्रशासन र विधार्थी बिच समान्य मतभेद हुँदै, यसको अराजक गतिविधि उत्रिने विद्यार्थी हुनै सक्दैन। त्यो घटनाको दोषीहरू प्रहरीले पत्ता लगाई सक्दा पनि राजनीति दबाबमा परेर क्याम्पस प्रशासनले मुद्दा फिर्ता गर्नु परेको थियो । त्यसैको उपज हो , यो ताजा घटना , जाहा उग्र विधार्थीहरूको समुहले महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस अगाडि प्रदेश योजना आयोगको उपाध्यक्ष चढ्ने गाडीमा गरिएको आगजनी र अन्य गाडीहरु माथि ढुंगामुढा।‌

यि तत्वहरूलाई थाहा , हामीले जति सुकै अराजकता सिर्जना गरेर पनि हुन्छ , किन भने हाम्रो संरक्षण गर्ने हरु माथि छ । उनीहरूले हामीलाई केही हुन दिँदैन। हामी विधार्थी हौं, हाम्रो संगठन छ । हामीलाई राजनीति संरक्षण प्राप्त छ । हाम्रो महान् विगत छ , जाँहा राज्य पनि विद्यार्थीको आगाडी नतमस्तक हुनु परेको छ । हामी गल्ती गर्यौं भन्दै थुन्ने, धरपकड गर्ने, मुद्दा चलाउने , यो राज्यको यत्रो साहस । कि यो प्रशासनलाई थाहा छैन् कि राज्य चलाउनेहरु नै हाम्रो संरक्षक हो भनेर ?  

विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको‌ विरोधको शैली रचनात्मक हुनुपर्छ । विरोधले कसैको केही क्षति नगरि , हामी हाम्रो माग पुरा गराउन सक्नुपर्छ, तब न हामी विश्वविद्यालयको विधार्थी।

विद्यार्थी नेताहरूले विद्यार्थीको हकहितको लागि काम गर्ने हो । निजी विद्यालयहरू बढी शुल्क लियो भने होइन, हाम्रो सार्वजनिक विधालयहरूको स्तर किन खस्किँदै गैरहेको छ, यसलाई सुधार गर्न के गर्नु पर्छ ?  तपाईं विश्वविद्यालयको विधार्थी हुनुहुन्छ, तपाईं यो समाजको एउटा बौद्धिक व्यक्तित्व हो, तपाईंले समस्या देखाएर , आफ्नो राजनीतिक छबि चम्काउन होइन, त्यसको समाधानको लागि कार्ययोजना बनाएर पहल गर्ने हो । किन आज समाजमा निजी विद्यालयहरूको जालो फैलिँदै छ ? किन राज्यको अर्बौं रुपैयाँ लगानी रहेको सार्वजनिक विधालयहरु माथि अभिभावक र विद्यार्थीको विश्वास छैन् ?  विद्यार्थी नेताहरूले यस्ता विषयहरु उठाएर टेबल वार्ता गरेर समस्याको समाधानका गर्ने हो । आगजनी, तोडफोड गर्ने होइन। राजनीति संरक्षणको आडमा गरिएको क्राइम पनि क्राइम नै हो । जुन गाडी तपाईंको जलाएर ध्वस्त पार्नु भयो , त्यो गाडी पनि तपाईं हाम्रै पैसाले किनिएको गाडी हो । हामी हाम्रो आफ्नै सम्पत्ति नोक्सान गरेर, कस्तो विरोध प्रदर्शन गर्दैछौं । 

विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको‌ विरोधको शैली रचनात्मक हुनुपर्छ । विरोधले कसैको केही क्षति नगरि , हामी हाम्रो माग पुरा गराउन सक्नुपर्छ, तब न हामी विश्वविद्यालयको विधार्थी। विश्वविद्यालयको विद्यार्थीहरु समाज , राज्य र‌ विश्वको बौद्धिक सम्पत्तिको हो । हामीलाई अराजक हुन् छुट छैन् । कुनै पनि मानवीय सभ्यता कस्तो थियो , त्यो समाज,  राज्य, देश कस्तो थियो हेर्न, पहिला हामी त्यहाँको विश्वविद्यालय र विद्यार्थी कस्तो थियौं भनेर हेर्ने गर्छौं । विश्वविद्यालय र विद्यार्थी जति सृजनशील हुन्छ, त्यो समाज र देशको विकास त्यति नै छिटो हुन्छ ।

विश्वविद्यालयमा राजनीति हुन्छ पर्छ, यो अनिवार्य हो । किनभने यहीं बाट हो राज्य संचालकहरु निस्कने। हामीलाई कस्तो राज्य संचालकहरु चाहिएको छ ? समन्वय , सहकार्य र वार्तको माध्यम बाट समस्याको हल गर्ने कि अराजक गतिविधि गरेर झन समस्यालाई बढावा दिने नेतृत्व ? 

राजनीति दलहरुलाई डर होला आज यि घटनाहरूको संरक्षण गरिन भने भोलि एयरपोर्ट को आउँलान् स्वागत गर्न । कसले मेरा लागि भिड जम्मा गर्लान् । कसले मेरो हो मा हो मिलाउलान्न , मैले जे भने पनि गडगड ताली बजाउँलान् ।

हाम्रो नेतृत्व किन यति कमजोर ? गलत लाई गलत भन्न हामी किन डराउँछौ ? किन हाम्रो राजनीतिक दलहरु खुलेर यस्ता घटनाहरूको विरोध गर्दैनन् ? राजनीति दलहरुलाई डर होला आज यि घटनाहरूको संरक्षण गरिन्  भने, भोलि एयरपोर्ट को आउँला स्वागत गर्न, कस्ले मेरा लागि भिड जम्मा गर्ला, कस्ले मेरो हो मा हो मिलाउने , मैले जे भने पनि गडगड ताली बजाउने । हो म बुझ्छु राजनीतिक दल र‌ नेताहरुमा यस्ता डर हरु छन्  तर नागरिक समाजहरू किन‌ विरोध गरिरहेका छैनन् ? नागरिक समाजलाई के को डर ? 

राजनीतिदलहरू सुध्रिन जरूरी छ, यसको सुरूवात विश्वविद्यालयका विद्यार्थीहरू नेताहरु बाट हुन् जरूरी छ । आज जसरी हाम्रो स्कुलिङ्ग हुन्छ , भोलि हामी त्यस्तै हुन्छौं।  विश्वविद्यालय प्रज्ञा थलो हो , यसको हेरक कार्यमा प्रज्ञाज्ञ्ता झल्किनु पर्छ । विद्यार्थीहरु रचनात्मक हुन् जरुरी छ, समय परिवर्तन भ‌एको छ, सधैं गाडी जलाएर , टयार बालेर, तोडफोड गरेर , सार्वजनिक सम्पत्ति माथि धावा बोलेर मात्र समस्याको समाधानका खोज्ने होइन्। टेबल , वार्ता , रचनात्मक विरोध शैली अपनाएर पनि समस्याको समाधान गर्न सकिन्छ ।  (म स्वयं विश्वविद्यालयको विद्यार्थी हो ।) 

Facebook Comments Box

Author Profile

प्रेम कुमार